Logo
Logo

हमासले थप ३ इजरायली बन्धक छाड्दा १८३ प्यालेस्टिनी रिहा


315
Shares

एजेन्सी । इजरायलले १८३ प्यालेस्टिनी कैदी रिहा गरेको छ । हमासले शनिबार गाजामा तीन इजरायली बन्धकलाई मुक्त गरेपछि बदलामा इजरायलले १८३ प्यालेस्टिनी कैदी रिहा गरेको हो

बीबीसीका अनुसार हमासले रिहा गरेको बन्धकमा एली शराबी, ओर लेवी र ओहद बिन अमी रहेका छन् । हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ ।

सोही युद्धविराम सम्झौताअन्तर्गत अहिलेसम्म हमासले २१ बन्धक मुक्त गरिसकेको छ भने बदलामा इजरायलले ५६६ कैदी रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्