काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले आफूहरूले सरकारमा नजाने बताएका छन् ।

आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारमा जानका लागि कुनै बार्गेनिङ नगरेको बताएका हुन् ।
अध्यादेशलाई देखाएर तपाईंहरू सत्ताको बार्गेनिङ गरिरहनुभएको हो ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘यस्ता फोहोरी र फटाहा कुरा गर्ने मान्छेको पनि कुरा गर्ने त ? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं । हामीलाई मन्त्रालय चाहिएन ।’
अध्यक्ष यादवले अध्यादेशबारे पार्टीले धारणा बनाइसकेको र संसद्को कार्यसूचीमा चढ्नेबित्तिकै निर्णय सुनाउने बताए ।














