सुर्खेत । सुर्खेतबाट कुम्भ मेलातर्फ जाँदै गरेको बस बबईमा दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भेरी नगरपालिका–५ स्थित सानो खोलामा भे१ख ४३३१ नम्बरको यात्रुबहाक बस आइतबार बेलुका दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन् ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई बाँकेको कोहलपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बसमा ४१ जना तीर्थयात्री सवार रहेका थिए । दुर्घटनाको अझ थप विवरण आउन बाँकी नै रहेको छ ।’














