Logo
Logo

कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार


1.2k
Shares

काठमाडौं । कैलालीमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । मोहन्याल घर भएर बर्दगोरिया गाउँपालिका–२ झगडपुरमा डेरा गरी बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको हो ।

प्रहरीकाअनुुसार स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययनरत ती बालिकालाई ४४ वर्षीय गोपाल विकले मासु पकाएर ल्याइदिनू भन्दै दिएका थिए । मासुु पकाएर विकलाई दिन उनको पसलमा पुगेका बेला पसलको कोठामा लगेर दुवै जनाले जबरजस्तीकरणी गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

बालिकामाथि सामूहिक रुपमा जबरजस्तीकरणी गर्ने दुई जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ बस्ने विक र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् । उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्