Logo
Logo

केमेडी शोमा सत्य–स्वरुप


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ माघ । नेपगास्मले आफ्नो नियमति कमेडी शृंखलामा यसपटक चर्चित कलाकारहरुलाई समेटेको छ । कार्यक्रमको पाँचौं संस्कणमा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ, किरण केसी, लोकप्रिय गायकद्वय सत्य–स्वरुपराज आचार्य र नेपाली फुटबलका स्ट्राइकर रोहित चन्द सहभागी थिए ।
कार्यक्रममा मह जोडीको उपस्थिति हुने भनिएपन हरिवंश आचार्य अएनन् । तर, अन्य कलाकारको सहभागीले कलाकार उत्साहित देखिए । नेप्गास्मका डोरेस खतिवडा, लेखमणी त्रिताल, बिवेक उप्रेति, यूकेजी तथा सरोज भण्डारी बेग्लाबेग्लै प्रस्तुतिमा राजनीति र समाजका किस्सा अनि व्यंग्य प्रस्तुत गरेका थिए ।
डोरेस खतिवडाबाट प्रारम्भ भएको ‘स्टेण्डअप’ नाम दिइएको शो ‘रमेश अंकलको छोरो’ पात्र उपनामले परिचित लेखमणी त्रितलको प्रस्तुतिबाट समापन गरिएको थियो । कार्यक्रममा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र किरण केसीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्