काठमाडौं । काठमाडौंको हनुमानढोकामा एक पुरुष मृत भेटिएका छन् । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक पुरुषको शव भेटिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहोराका अनुसार अन्दाजी ३०/३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको हो । अहिलेसम्म उनको वतन खुलेको छैन । शवको प्रकृति हेर्दा हत्याजस्तो देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा हत्याजस्तो देखिएको र दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनखाएको छ ।











