Logo
Logo

हायर पर्चेज कर्जामा गरिमाले थप एक महिनाको व्याज छुट दिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कोरोना भाइरसका कारण नेपाल सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको देशव्यापी बन्दाबन्दीका कारण यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई अत्यधिक प्रभाव परेको देखिएकाले सुरक्षणको रुपमा सम्बन्धित सवारी साधनसमेत धितो राखी विकास बैंकले यात्रुवाहक कालो नम्बरप्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बरप्लेटका सवारीसाधन (बस, मिनीबस, माइक्रोबस, जिप र ट्याक्सी) लगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राहीहरुलाई नेपाल राष्ट्र बैंकको २०७७ वैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दुदरले दिइएको छुटबाहेक २०७७ असारको व्याज रकम राहतस्वरुप पूरै छुट दिने निर्णय गरेको छ ।

सम्बन्धित सम्पूर्ण सेवाग्राहीहरुले २०७७ असार मसान्तभित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराइ उक्त सुविधा लिन सक्नेछन् ।

विकास बैंकले कोभिड–१९ को महामारी तथा देशब्यापी लकडाउनका कारण अत्यधिक प्रभावित सर्वसाधारण यात्रु तथा पर्यटकवाहक सवारी साधन खरिदका लागि ‘हायर पर्चेज’ शीर्षकमा कर्जा सुविधा उपभोग गर्ने सेवाग्राहीहरुलाई प्रदान गर्न लागेको छुटले सम्बन्धित सेवाग्राहीहरुलाई थोरै भए पनि राहतको महशुस हुनेछ भन्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्