Logo
Logo

जनक भट्टराई एआईजीमा बढुवा


1.7k
Shares

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बुधबारको मन्त्रिपरिषद् निर्णयबाट एआईजी बढुवा भएका भट्टराईले आगामी ५ चैतसम्म मात्रै कार्यभार सम्हाल्न पाउने छन् । ५ चैतमा विद्यमान प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा जानेछन् ।

भट्टराईलाई एआईजी बनाउनकै लागि यसअघि सेवा अवधि बाँकी छँदै एआईजी रवीन्द्र केसीलाई राजीनामा दिन लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्