
काठमाडौं । सशस्त्र प्रहरीका तीन एसएसपी डीआईजीमा बढुवा भएका छन् । ०८१/११/२० काे गृहमन्त्रीस्तरीय निर्णयानुसार एसएसपी कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट डीआईजीमा बढुवा भएका हुन् ।
पहिलो ब्याच र त्योभन्दा अगाडि रहेका एसएसपीलाई पछि पार्दै दोस्रो ब्याचका दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट बढुवा सिफारिस भएका थिए । पहिलो नम्बरमा बढुवा हुने कृष्ण ढकाल भने एसएसपीमा पनि दोस्रो नम्बरमा थिए ।
कुँवर र भट्ट शक्तिका आडमा अगाडि बढुवा भएका हुन् । कुँवरलाई बूढानीलकण्ठ र भट्टलाई बालुवाटारले डीआईजीमा बढुवा गरेको हो । पहिलो नम्बरमा बढुवा भएका ढकाल पनि मुख्यसचिवको जोडबलले बढुवा भएका हुन् ।











