Logo
Logo

बाउलीखोलाले गाउँ नै जोखिम बनायो लाखौँका क्षति


- दृष्टि न्युज/संवाददाता


नन्दा थापा, बाजुरा २१ असार । शुक्रबार रातिको अविरल वर्षाका कारण बाउली खोलाले ठूलो क्षति पुर्याएको छ । बडीमालिका नगरपालिकाका बाउली, गड्खेत, सेलाघाट, रापक, पानी नाउला, गडाङ्गा, तिपाडा र बुढीगंगा नगरपालिकाका बल्दे, सेरा, बार्जुगाडलगायतका क्षेत्रमा शुक्रबार राति परेको अविरल वर्षाले ठूलो क्षति पु¥याएको हो । बडीमालिका नगरपालिका ९ सेलाघाटमा २० परिवारको रोपेको धान बगाएको छ भने गचे थापाको घर जोखिममा पारेको नगरपालिकाका उपप्रमुख कविता विष्टले बताउनुभएको छ ।

बाउलीखोला बढेसंगै सो क्षेत्र आसपासको बस्ती जोखिम बनेको छ भने सो क्षेत्र किनाराका खेतहरू सबै बगाएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायव निरीक्षक टंकप्रसाद भट्टराईले बताउनुभएको छ । शनिबार बिहानै बडीमालिकाका नगरपालिकाका जनप्रतिनिधि प्रहरी र सशस्त्र प्रहरीको टोलीले अनुगमन गरेको छ । उपप्रमुख कविता विष्ट क्षति भएपछि तत्काल घटना स्थल पुगेर ७ घर त्रिपालको सहयोग गरेकी छन् । त्रिपाल रेडक्रसको सहयोगमा वितरण गरिएको हो । राती परेको अबिरल बर्षा संगै आएको बढीले गाउँ नै जोखीम बनाएको स्थानीयले बताएका छन् । बाउली खोलाले बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिकाका नदी किनाराका छेउछाउ वर्षेनी बगाउदै आएको छ ।

ताप्रीसेरा झोलुंगे पुल माथि पानि, आवतजावतमा जोखिम

लगातारको अबिरल बर्षाले त्रिबेणी र बुढिगंगा नगरपालिकाको ताप्रीसेरामा रहेको झोलुंगे पुल उच्च जोखिममा रहेको छ । पुल माथि पानि गएपछि आवजावतमा जोखिम भएको २ का वडा अध्यक्ष हिरालाल थापाले वताएका छन् । लगातार बर्षाले शुक्रवारदेखि पुल माथि पानि बग्न थालेपछि आवतजावत समस्या भएको छ । पुल माथि पानि जाँदा त्रिबेणी नगरपालिका र बुढिगंगा नगरपालिकामा आउन जान निकै समस्या भएको छ । पुल माथि पानि बगेपछि जति बेला पनि पुल बग्ने सम्भाबना रहेकोले आवतजावतमा समस्या भएको स्थानीय बसन्त थापाले वताएका छन् ।

लगातार बर्षाले बाजुराका अन्य झोलुंगे पुल पनि जोखिममा रहेका छन् । बुढिगंगा नदीले बाजुराको द्धावारी, तिपाडा, राप्क अछामको साँफे, बुढाबगर लगायत ठाँउका दर्जनौ पुल उच्च जोखिममा रहेका छन् । त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीय बासिले बताएका छन् । बुढिगंगा नदीको द्धावारीमा रहेको झोलुंगे पुल बगाइसककेको स्थानीय धन जैशीले वताए । कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल सधैका बर्षातको समयमा जोखिममा बन्ने गरेको छ । त्यो सँगै कर्णाली नदीमा रहेका आधा दर्जनौ पुल जोखिममा बनेका छन् ।

वाईवाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका हमिाली गाँउ पालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताएका छन् । पुलसँगै छोप्ने गरी कर्णाली नदीमा पानिको बहाव बढेपछि बाजुराका कर्णाली पारिका वाई, साप्पाटा, जुकोट गाबिसमा आवत जावत प्रभाबित बनेको छ ।

त्यस्तै नदीमा बाढी बढेपछि बाजुराका अन्य दर्जनौ पुलसमेत बाढीको जोखिममा रहेका छन् । अछाम बाजुरा जोड्ने इकडी गाड पुल, सेरामा रहेको बुढिगंगा, बाजुर्गाड, गुइगाड, कोर्दालिगाड, घटमुना, बाहुली खोला, दहकोट, मौरे, कोटिलाको दैया लगायतका नदीमा रहेका झोलुंगे पुल जोखिममा बनेका स्थानीयले बताएका छन् । अन्य बिकल्प नभएपछि ज्यानै बाजि राखेर पुलमा आवत जावत गर्नुपरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्