Logo
Logo

कास्कीमा बिहानै भूकम्प गयो


1k
Shares

काठमाडौं । आज बिहानै कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ४ बजेर ११ मिनेट जाँदा मादी गाउँपालिकाको साइमराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले साइमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए ।

कास्कीसँगै गोरखा, लमजुङ, पर्वत, स्याङ्जासहितका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्