Logo
Logo

कुलमान घिसिङलाई पितृशोक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असार ।
नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । उनका पिता कृपासिंह घिसिङको ९८ वर्षको उमेरमा आइतबार राती मृत्यु भएको हो ।

सुकेधारास्थित निवासमा एक्कासी बेहोस भएकोमा मेडिकेयर अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो ।
कृपासिंहको सोमबार स्वयम्भुमा अन्तेष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्