
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले हालै बढुवा भएका दुई सैनिक अधिकारीलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रधानसेनापति सिग्देलले हालै बढुवा भएका रामप्रसाद अधिकारीलाई उपरथी र मुकेश बाटाजुलाई सहायक रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
बुधबार जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बिच उनीहरूलाई दज्र्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।











