Logo
Logo

सम्पदा र स्मृतिलाई ताज


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १४ माघ । सम्पदा अमगाई र स्मिृति पोख्रेलले ‘मिस एण्ड मिसेज व्युटिफूल’ उपाधि जितेका छन् । दक्ष ईन्टरनेशनलले आयोजना गरेको प्रतियोगितामा मिसतर्फ चितवनकी सम्पदा र मिसेजतर्फ काठमाडौंकी स्मिृति पोख्रेलले ताज जितेका हुन् ।
राजधानीमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिसतर्फको ताजसँगै ‘मस्ट ट्यालेन्ट र बेष्ट फोटोजेनिकको टाइटल’समेत प्राप्त गरिन् । प्रतियोगितामा मिसतर्फ मनिषा पाण्डे फष्ट रनरअप, रुचि पाण्डे सेकेन्ड रनरअप र कुशुम श्रेष्ठ थर्ड रनरअप भएका छन् । मस्ट पपुलर, फेसबुक च्वाईस, भियुर्स च्वाईस तथा बेष्ट एक्टिङको उपाधि गीता शर्माले हात पारिन् ।
त्यसैगरी मिसेसतर्फको फस्ट रनरअपमा ज्योति पोख्रेल सेकेण्ड रनरअपमा ओविका बेल्वासे भइन् भने बसुन्धारा बस्नेतले थर्ड रनरअप, मस्ट पपुलर तथा बेष्ट स्किनको टाइटल हात पारिन् । प्रतियोगिताको निर्णायकमा नायक सरोज खनाल, गायक आनन्द कार्की, नायक रमेश उफ्रेती, संगीतकार रेखा पौडेल, डा. सुशीला मल्ल, कलाकार सरिता गिरी तथा हेमांग राज गिरी रहेका थिए ।
आश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगितामा कलाकार शिवहरि पौडेल, सञ्चारकर्मी किरण अधिकारी, कलाकार एलिना बास्कोटा, व्यबसाय रुपक शर्मा पोख्रेललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्