Logo
Logo

ग्लोबल आइएमईद्वारा प्रदेश नं २ लाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० लाख सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं २ को सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार बैंकको प्रदेश नं २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं २ का माननीय मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

माननीय मुख्यमन्त्री राउतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिनुभयो । बैंकले, कोरोना भाइरसले नेपाललगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा यस योगदानबाट यो भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ ।

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्