Logo
Logo

ग्लोबल आइएमई बैंकद्वारा कर्णाली र गण्डकी प्रदेशलाई १०/१० लाख सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली र गण्डकी प्रदेश सरकारलाई १०/१० लाख रुपैंया सहयोग गरेको छ ।

बैंकको कर्णाली प्रदेशको प्रादेशिक कार्यालय प्रमुख मदन कुमार मुल्मीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री शाहीले कोरोना कोभिड–१९ विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए ।

त्यसैगरी बिहीबार एक कार्यक्रमकाबीच बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १० रकमको चेक हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए ।

बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ ।

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्