Logo
Logo

संखुवासभाको सिलिचोङमा सात घर पहिरोले बगायो, ११ सम्पर्कविहीन


- दृष्टि न्युज/संवाददाता


संखुवासभा, २८ असार । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएका छन् । उनी पहिरोमा परेर बेपत्ता भएको हुनसक्ने बताइएको छ ।

फाइल तस्बिर

देशभर लगातार परको अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।

सदरमुकाम खाँदबारीमा सशस्त्र र नेपाली सेनाको टोली उद्धारका लागि तयारी अवस्थामा राखिएको छ । मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवश्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थल गइरहेका छन् । अहिले पनि भारी वर्षा भइरहेकाले घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्