Logo
Logo

रेकर्ड तोड्दै अख्तियार प्रमुख


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असार । केही दिनयता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैनिक ३÷४ वटा मुद्दा दायर गरिरहेको छ । त्यसमध्ये कतिपय लडडाउनमा रोकिएका मुद्दा पनि छन् । धेरै जसो भने लामो समयदेखि अनुसन्धानमा रहेका मुद्दाहरु छन् । अख्तियारको अनुसन्धानमा आर्थिक वर्षसँग सम्बन्ध हुँदैन । तर, यही आर्थिक वर्षभित्र धेरै मुद्दा दायर गर्न आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले दबाब दिएका छन् ।

आयोग स्रोतका अनुसार यो वर्ष सबैभन्दा धेरै मुद्दा दायर गरेर उनले आयोगको सक्रियता देखाउन खोजेका छन् । सोही कारण असारमा धेरै मुद्दा दायर भएको हो । यो आर्थिक वर्षमा चार सय भन्दा धेरै मुद्दा दायर भइसकेको छ । जुन एक आर्थिक वर्षमा दायर भएको अहिलेसम्मकै ठूलो संख्या हो ।

तर, धेरै मुद्दा दायरलाई प्राथमिकता दिंदा अनुसन्धान भने फितलो हुने गरेको छ । जसकारण धेरै मुद्दामा आयोगको हार हुने जोखिम छ । पछिल्लो समय धेरै जसा ठूला मुद्दामा बिशेष अदालतबाट सफाईका फैसला धेरै भएका छन् । सहसचिव चन्द्रमान श्रेष्ठलाई समेत गत साता सफाईको फैसला भएको थियो ।

प्रमुख आयुक्त घिमिरेले दुई महिनापछि अवकाश पाउन लागेकाले उनले पछिल्लो समय मुद्दाको संख्या बढाएका हुन् । तर, ठूला मुद्दा भने दायर गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्