Logo
Logo

प्रताप दासले गाए अनिला राईको ‘लभ सङस्’ (भिडियोसहित)


6.4k
Shares

काठमाडौं । गीतकार तथा गायिका अनिला राईको शब्दमा नयाँ गीत सार्वजनिक भएको छ । ‘यो मुटु तिमीलाई’ बोलको अनिलाको यो पछिल्लो गीतलाई गायक प्रताप दासले गाएका छन् ।

प्रताप दास पछिल्लो समय पाश्र्वगायनमा जमेका गायका हुन् । फिल्मी शैलीमा तयार गरिएको ‘यो मुटु तिमीलाई’ बोलको यो गीतमा प्रतापको स्वर म्याचिङ छ ।

शिवराज गौतमको संगीत र सुन्दर मगरको संगीत संयोजन रहेको यो गीतको भिडियोलाई गायिका अनिला राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । स्टुडियोमा तयार गरिएको यस भिडियोलाई देव दोर्जे लामाले खिचेका हुन् ।

बेलायतमा बसेर पनि नेपाली गीतसंगीत क्षेत्रमा निरन्तर क्रियाशिल रहँदै आएकी अनिलाका थुप्रै गीत चर्चित छन् । उनी गायनसँगै शब्दरचना र संगीत पनि गर्छिन् । केही समयअघि मात्र अनिलाले आफ्नै शब्द तथा स्वरमा गीत ल्याएकी थिइन् ।

गायिकासँगै गीतकारको रुपमा समेत स्थापित अनिला विशेषगरी सामाजिक, पारिवारिक एवं समसामयिक विषयवस्तुमा गीत सिर्जना गर्छिन् । उनी लभसङहरु पनि उत्तिकै मिठास लेख्छिन् । यसैको पछिल्लो उदाहरण हो, ‘यो मुटु तिमीलाई’ ।

गीत सुन्न र हेर्न यहाँ दिइएको लिंकमा क्लिक गर्नुस्

प्रतिक्रिया दिनुहोस्