काठमाडौं । सशस्त्र प्रहरी बल नेपालद्वारा सञ्चालित नवौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन तथा दसौँ कोर्षको उद्घाटन समारोह काठमाडौंस्थित एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले नवौँ कोर्षका उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै दसौँ कोर्षको औपचारिक उद्घाटन गरे ।
नवौँ कोर्षमा उत्कृष्ट प्रदर्शन गरेका सशस्त्र प्रहरी नायब उपरीक्षक पंकज पौडेललाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’ पुरस्कार, नायब उपरीक्षक वासुदेव महतलाई ‘बेस्ट रिसर्च अवार्ड’ र निरीक्षक युकेश उप्रेतीलाई ‘बेस्ट एकेडेमिक अवार्ड’ प्रदान गरिएको थियो । ‘बेस्ट एकेडेमिक अवार्ड’ त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका प्रोफेसर डा. दुविनन्द ढकालले प्रदान गरेका थिए ।

महानिरीक्षक अर्यालले कमाण्ड तथा स्टाफ कोर्षले सशस्त्र प्रहरी अधिकृतहरूको व्यावसायिक क्षमता र दक्षता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै नयाँ सुरक्षा चुनौतीहरूसँग जुझ्न सक्ने सक्षम नेतृत्व तयार पार्न कोर्ष प्रभावकारी रहेको उल्लेख गर्नुभयो। साथै, उनले कोर्षलाई निरन्तरता दिन सहयोग गर्ने त्रिभुवन विश्वविद्यालय, विज्ञहरू तथा अन्य सरोकारवालाप्रति आभार प्रकट ग ।रेमहानिरीक्षक अर्यालले कमाण्ड तथा स्टाफ कोर्षले सशस्त्र प्रहरी अधिकृतहरूको व्यावसायिक क्षमता र दक्षता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै नयाँ सुरक्षा चुनौतीहरूसँग जुझ्न सक्ने सक्षम नेतृत्व तयार पार्न कोर्ष प्रभावकारी रहेको उल्लेख गर्नुभयो। साथै, उनले कोर्षलाई निरन्तरता दिन सहयोग गर्ने त्रिभुवन विश्वविद्यालय, विज्ञहरू तथा अन्य सरोकारवालाप्रति आभार प्रकट गरे ।

डा। ढकालले मन्तव्यमा यस कोर्षले सशस्त्र प्रहरी बलको संस्थागत क्षमता वृद्धिमा सहयोग पुर्याएको उल्लेख गर्दै, कोर्षबाट प्रशिक्षित अधिकृतहरूले जटिल सुरक्षा चुनौतीहरूमा रणनीति बनाएर सफलतापूर्वक परिचालन हुन सक्ने विश्वास व्यक्त गरे ।
नवौँ कोर्षमा ६० हप्ते तालिम अन्तर्गत १४ जनाको सहभागिता रहेको थियो, जसमा ९ जना सशस्त्र प्रहरी नायब उपरीक्षक, १ जना राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत र ४ जना सशस्त्र प्रहरी निरीक्षक थिए।
उता, आजैदेखि सुरु भएको दसौँ कोर्षमा १२ जना सहभागी छन्, जसमा ६ जना सशस्त्र प्रहरी नायब उपरीक्षक, १ जना राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत र ५ जना सशस्त्र प्रहरी निरीक्षक रहेका छन् ।

समारोहमा त्रिभुवन विश्वविद्यालयकी पूर्व डिन प्रो. डा.कुशुम शाक्य, अवकाश प्राप्त तथा बहालवाला सशस्त्र प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकारीहरू र विश्वविद्यालयका प्राध्यापकहरूको समेत उपस्थिति रहेको थियो ।











