
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँ बढेको हो ।
आइतबार एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी एक हजार ९४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।











