Logo
Logo

हिँड्दा-हिँड्दै बाटोमै राजेशपायलले गरे ‘किङ्स क्याफे’को उद्घाटन


4.9k
Shares

काठमाडौं । लोकप्रिय एवं व्यस्त गायक राजेशपायल राईले हिँड्दा-हिँड्दै बाटामै एक सेकुवा घर तथा स्वीमिङ पुलको उद्घाटन गर्न भ्याएका छन् । पूर्वमा दुई सांगीतिक कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा बुधबार उनले उदयपुरको बेलटार गाउँपालिका, जडवामा ‘किङ्स क्याफे एण्ड रेष्ट्रो’को उद्घाटन गरेका हुन् । उक्त क्याफे म्याक्स राईले सञ्चालनमा ल्याएका हुन् ।

उक्त क्याफे उद्घाटन गरेपछि गायक राजेशपायलले भने, ‘व्यस्तताको बाबजुद पनि काठमाडौं फर्कने क्रममा रेष्ट्रोको उद्घाटन गरेको हुँ ।’ ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल धनुकटाको सदरमुकाम धनकुटा र राजारानीमा सांगीतिक कार्यक्रम गरेर फर्कदै थिए । सोही क्रममा उदयपुर आइपुग्दा सञ्चालकले गरेको आग्रहलाई स्वीकार्दै क्याफे उद्घाटन गरेको उनले बताए ।

उक्त क्याफे स्तरिय र गुणस्तरिय हिसाबले जडवाको पहिलो सेकुवा घर भएको सञ्चालक म्याक्सको दावी छ । क्याफेमा सेकुवासँगै खाना तथा खाजाको प्रवन्ध रहेको सञ्चालकले जनाएको छ । खासगरी यो क्याफे लङ ड्राइभबाट थाकेका ड्राइभर र यात्रुलाई आरामदायिक रुपमा स्तरिय र सर्वसुलभमा सेकुवा खुवाउने लक्ष्यसहित सञ्चालनमा ल्याएको सञ्चालक म्याक्स राईले बताए ।

देशकै लोकप्रिय गायक राजेशपायलको हातको क्याफेको उद्घाटन गर्न पाउँदा खुसी व्यस्त गर्दै म्याक्सले भने, ‘राजेशपायल राई आफैँमा एक ब्राण्ड हुन्, उहाँ लक्ष्मी हुन् । आज उहाँको हातबाट क्याफे उद्घाटन गर्न पाउँदा अत्यन्त खुसी छु ।’

गायक राजेशपायलले पनि पूर्व जाने बाटोमै स्तरिय सेकुवा हाउस तथा खाजापिनको व्यवस्थासहित स्वीमिङ पुल सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै क्याफेका सञ्चालक म्याक्स राईलाई व्यवसायी सफलताको शुभकामना सँगै बधाई दिए ।

प्रतिक्रिया दिनुहोस्