Logo
Logo

भारतीय कूटनीतिक नियोगका कर्मचारीलाई देश छाड्न पाकिस्तानको आदेश


1.3k
Shares

एजेन्सी । पाकिस्तानले इस्लामाबादस्थित भारतीय कूटनीतिक नियोगका एक कर्मचारीलाई देश छाड्न आदेश दिएको छ ।

भारतले बुधबार दिल्लीस्थित एक पाकिस्तानी कूटनीतिक नियोगका कर्मचारीलाई देश छोड्ने आदेश दिएपछि त्यसको जवाफमा पाकिस्तानले पनि इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कूटनीतिक कर्मचारीलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न भनेको हो ।

पाकिस्तानी विदेश मन्त्रालयले भारतीय उच्चआयोगका अधिकारीलाई बोलाएर पाकिस्तान छाड्न आदेश दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतले उक्त दूतावासका कर्मचारीलाई जासुसीसम्बन्धी गतिविधि गरेको आरोप लगाउँदै देश छाड्न भनेको थियो ।

दिल्लीमा बसेर कुनै पनि पाकिस्तानी राजदूत वा अधिकारीले आफ्नो विशेषाधिकार र दर्जाको दुरुपयोग नगरोस् भन्ने सुनिश्चित गर्न निर्देशन दिइएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमाा उल्लेख छ ।

यो नयाँ घटनाक्रमले दुई आणविक शक्तिसम्पन्न छिमेकी देशबीचको सम्बन्धमा अर्को तनाव थपिएको छ । कश्मीरको पहलगाममा भएको आतंककारी हमलापछि भारत–पाकिस्तानबीच तनाब बढेको छ । सो आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्