
काठमाडौं । रुसमा पुल भत्किएर रेलमाथि खस्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । युक्रेनी सीमा नजिकै राजमार्गको ब्रायन्स्क क्षेत्रमा उक्त दुर्घटना भएको हो ।
रुसको आपत्कालीन सेवाका अनुसार दुर्घटनामा कम्तीमा ३२ जना घाइते भएको रेलभित्र फसेका मानिसको खोजी भइरहेको छ । रूसी रेलवेले विज्ञप्ति जारी गर्दै यातायात प्रणालीमा अवैध हस्तक्षेपका कारण पुल भत्किएको आरोप लगाएको छ ।
सबै घाइतेलाई अस्पताल पठाइएको र एक बच्चासहित दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मस्कोको अन्तर–क्षेत्रीय यातायात अभियोजन कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको बताएको छ ।










