Logo
Logo

भारतमा बाढी र पहिरोको विनाश, सिक्किममा ३ सैनिकको मृत्यु


441
Shares

काठमाडौं । लगातारको भारी वर्षाका कारण सिक्किमसहित भारतका पूर्वोत्तर राज्यहरूमा बाढी र पहिरोले ठुलो क्षति पुर्‍याएको छ । सिक्किमको टिस्टा नदीमा जलस्तर ३५–४० फिटले बढ्दा सडक र पुलहरूमा क्षति भएको छ । आइतबार साँझ सिक्किमको एक सैन्य क्याम्पमा पहिरो जाँदा ३ सैनिकको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । 

उद्धार टोलीले ४ जनालाई सकुशल निकालेको छ, र खोजी कार्य जारी छ । लाचेन र लाचुङमा फसेका १,००० भन्दा बढी पर्यटकलाई उद्धार गरिएको छ ।

पछिल्लो ४ दिनदेखि पूर्वोत्तर राज्यहरूमा वर्षा, बाढी र पहिरोका कारण ३७ जनाको मृत्यु भएको छ । असममा १०, अरुणाचल प्रदेशमा ९, मिजोरममा ५ र मेघालयमा ६ जनाको ज्यान गएको छ । 

असममा ३.६४ लाख मानिस बाढीबाट प्रभावित छन्, जहाँ ब्रह्मपुत्रसहित १० प्रमुख नदीहरू खतरा सीमामाथि बगिरहेका छन् । मणिपुरमा १९,००० मानिस र ३,३६५ घर प्रभावित छन् भने त्रिपुरामा १०,००० भन्दा बढी विस्थापित छन्। मिजोरमको आइजोलमा जुन २ मा विद्यालयहरू बन्द गरिएको छ, र ३० मे यता २११ पहिरोका घटना भएका छन् । यसैबीच, राजस्थानका ३० र मध्य प्रदेशका ५० जिल्लामा वर्षाको  सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्