Logo
Logo

रुसद्धारा युक्रेनको दोस्रो ठुलो खार्किभमा मिसाइल र ड्रोन आक्रमण


2.6k
Shares

काठमाडौं । युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा रुसले शनिवार मिसाइल र ड्रोन आक्रमण गरेको छ, जसमा कम्तिमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

खार्किभका मेयर इगोर टेरेखोभका अनुसार, यो युद्ध सुरु भएयताकै सबैभन्दा शक्तिशाली आक्रमण हो । रुसले ५० भन्दा बढी ड्रोन, चार गाइडेड बम र एक मिसाइल प्रयोग गरी सहरका आवासीय भवन, प्रशासनिक भवन र सङ्गीत विद्यालयमा क्षति पुर्याएको छ ।

आक्रमणमा डेढ महिनाको शिशु र १४ वर्षीया बालिका समेत घाइते भएका छन् । युक्रेनले जवाफी कारबाहीमा रुसको सू–३५ लडाकु विमान खसालेको दाबी गरेको छ । शुक्रबारयता रुसी आक्रमणमा सात जनाको मृत्यु र ४० भन्दा बढी घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिँदै युद्ध अन्त्यको पक्षमा रहेको बताएका छन् । इस्तानबुलमा भएको शान्ति वार्ता एक घण्टामै बिथोलिए पनि दुवै पक्ष कैदी आदानप्रदानमा सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्