Logo
Logo

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त


756
Shares

बैंकक । इजरायली सरकारका एक प्रतिनिधिले थाइल्याण्डका अन्तिम बन्धक नाट्टापोङ पिन्टाको मृत्यु भएको पुष्टि भएको जानकारी दिएको छ । इजरायली सेनाले शनिबार जारी गरेको वक्तव्यमा दक्षिण गाजाको राफा क्षेत्रबाट पिन्टाको शव निकालिएको जनाएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा उनलाई जिउँदै बन्धक बनाइएको र ‘कैदमा रहेको बेला उनको हत्या गरिएको’ बताइएको छ ।

इजरायली सेनाले जारी गरेको वक्तव्यमा उहाँको मृत्युमा हमासको सहयोगी इस्लामिक जिहादसँग नजिक रहेको सशस्त्र समूह मुजाहिद्दीन ब्रिगेड दोषी देखिएको जनाइएको छ ।

थाइल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता निकोरन्डेज बालान्कुराका अनुसार नाट्टापोङ गाजामा बन्धक अवस्थामा रहेका तीन जना थाई नागरिकमध्ये एक हुनुहुन्थ्यो । अन्य दुई जनाको मृत्यु सन् २०२४ मा भएको पुष्टि भए पनि इजरायलले अहिलेसम्म उनीहरुको शव भेट्न नसकेको निकोरन्डेजले बताएका छन् ।

तेल अभिभस्थित थाई राजदूतावासले नाट्टापोङको परिवारलाई सम्पर्क गरी यसबारे जानकारी गराएको र इजरायली पक्षसँग मिलेर जतिसक्दो चाँडो उहाँको शव थाइल्यान्ड फिर्ता गर्ने उनले बताए । यसैबीच, थाइल्याण्डको विदेश मन्त्रालयले गाजामा एक थाई बन्धकको मृत्यु भएको घटनाले देश शोकमग्न बनेको बताएको छ ।

निकोरन्डेजले एक भिडियो वक्तव्यजारी गर्दै भनेका छन्, ‘तेल अभिभस्थित रोयल थाई दूतावासलाई इजरायली सरकारका एक प्रतिनिधिले थाइल्याण्डका अन्तिम बन्धक नाट्टापोङ पिन्टाको मृत्यु भएको पुष्टि भएको जानकारी गराउनु पर्दा हामी अत्यन्त दुःखी बनेका र्छौ ।’

प्रतिक्रिया दिनुहोस्