Logo
Logo

सर्लाहीको चक्रघट्टाका गाउँपालिकाका पूर्वअध्यक्षसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा


441
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूले गैरकानूनी लाभ लिई भ्रष्टाचार गरेको पाइएको हो ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

आयोगको अनुसन्धानले गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा सौर्य बत्ती जडानका लागि छुट्याएको २ करोड १६ लाख रुपैयाँको बजेटमा व्यापक अनियमितता भएको देखाएको छ  । उक्त रकम गाउँपालिकाका नौवटै वडाका लागि विनियोजन गरिएको थियो । तर, बजेटलाई टुक्र्याएर ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा स्वीकृत बजेटभन्दा बढी २ करोड ५३ लाख १७ हजार २५० रुपैयाँको लागत अनुमान स्वीकृत गरिएको र पोल, सोलार प्यानल, ब्याट्री, चार्ज कन्ट्रोलर खरिद तथा जडानका लागि बदनियतपूर्वक पाँचवटा प्याकेज बनाइएको पाइयो ।

मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिव शङ्कर प्रसाद कुशवाहा, लेखापाल संजय कुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब९इन्जिनियरहरू सन्तोष राय र राजु राय, स्काई राइज ट्रेडिङ कन्सर्नका प्रोप्राइटर जय प्रकाश यादव, एस।के। स्टोर्सकी प्रोप्राइटर रंजुकुमारी शाह, र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपालकी प्रोप्राइटर संगीता कुमारी छन् । आयोगले उनीहरूलाई कसुर रकम बमोजिम बिगो मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्