Logo
Logo

छानबिन समिति गठन गर्ने सहमति भए पनि हामी अवरोध गर्छौ : रास्वपा


4.4k
Shares

काठमाडौं । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा मूर्त रूपमा छानबिन समिति गठन गर्ने सहमति भए संसद्को गतिरोध अन्त्य हुने बताएका छन् । 

The current image has no alternative text. The file name is: santosh-pariyar.jpg

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले भिजिट भिसा प्रकरणमा अध्ययन वा छानबिन समिति बनाउन सत्तापक्ष तयार भएको भन्दै मूर्त रूपमा छानबिन समिति गठन हुने अवस्था बने संसद्को गतिरोध अन्त्य हुने बताएका हुन् ।

भिजिट भिसा प्रकरण सबै माथि छानबिन हुनुपर्ने र दोषी उपर कारबाही हुने परिस्थिति बन्नुपर्ने उनको भनाइ रहेको छ । प्रतिपक्षीले राखेका विषयलाई न्याय गर्ने गरी सत्तापक्ष सहमत भए निकास निस्कने उनको भनाइ रहेको छ  । उनले अहिलेसम्म विपक्षी दलहरू एकै ठाउँ रहेको रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्