Logo
Logo

डिशहोमले पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै


378
Shares

काठमाडौं । डिशहोमले नेपालमा पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड ल्याउँदैडिशहोमले आफ्ना ग्राहकहरूको अनुभवलाई थप समृद्ध बनाउन ‘माइ डिशहोम एप’ मार्फत नेपालमै पहिलो पटक भर्चुअल ग्राहक प्रिभिलेज कार्ड चाँडै सार्वजनिक गर्दै छ । 

यो सुविधाले इन्टरनेट र टिभी सेवासँगै ग्राहकको दैनिक जीवनशैलीमा मूल्य अभिवृद्धि गर्ने लक्ष्य  राखिएको छ । यो पूर्ण रूपमा डिजिटल कार्ड सक्रिय सदस्यता भएका ग्राहकहरूको माइ डिशहोम एपमा स्वतः देखिनेछ । कार्डमार्फत ग्राहकहरूले होटल, रेस्टुरेन्ट, क्याफे, अस्पताल, शैक्षिक संस्था, फिटनेस सेन्टर, स्किनकेयर र वेलनेस, मोबाइल एक्सेसोरिज, इलेक्ट्रोनिक्स, होम अप्लायन्सेस, सपिङ मल र अटोमोबाइल शोरूमजस्ता विभिन्न क्षेत्रमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

‘हामी केवल उत्कृष्ट डिजिटल मनोरञ्जन र इन्टरनेट सेवा प्रदान गर्नमा मात्र सीमित छैनौँ, ग्राहकको जीवनशैलीमा पनि सकारात्मक योगदान पुर्‍याउन चाहन्छौं,’ डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भने । ‘यो भर्चुअल प्रिभिलेज कार्डले ग्राहकहरूलाई थप सुविधा र आर्थिक लाभसहितको डिजिटल जीवनशैली ईकोसिस्टम निर्माण गर्नेछ ।’ यो कार्ड सक्रिय सदस्यतामा मात्र उपलब्ध हुनेछ, जसले यसको सुरक्षितता र विशिष्टता सुनिश्चित गर्छ ।

सेवा सुरु भएपछि ग्राहकहरूले माइ डिशहोम एपमा डिजिटल कार्ड देखाएर सहभागी आउटलेटहरूमा छुटको लाभ लिन सक्नेछन्। डिशहोमले नवप्रवर्तनको नेतृत्व गर्दै नेपालको डिजिटल जीवनशैलीमा परिवर्तन ल्याउने अभियानमा यो पहलले कम्पनीको अग्रणी भूमिकालाई थप बलियो बनाउनेछ ।ग्राहकहरूलाई यो सुविधाको पूर्ण लाभ लिन प्ले स्टोर वा एप स्टोरबाट माइ डिशहोम एप डाउनलोड वा अपडेट गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्