Logo
Logo

भोटेकोशी बाढीबारे मौसम विभागले सार्वजनिक गर्यो अध्ययन प्रतिवेदन (पूर्णपाठ)


1.2k
Shares

काठमाडौं । जल तथा मौसम विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवामा आज बिहान एकाएक बाढी आएपछि प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

महाशाखाले बिहान ३ बजे आसपास भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठुलो बाढी आएको उल्लेख गरेको छ । तर उपलब्ध विवरणहरू विश्लेषणका आधारमा वर्षाकै कारण यति ठुलो बाढी आएको नदेखिने महाशाखाको भनाइ छ ।

साथै महाखाले यति ठूरो भीषण बाढी आउनुको कारण पत्ता लगाउन सेन्टिनेल एसिया प्लेटफममा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न इमरर्जेन्सी अब्जरभेसन रिक्वेस्ट पठाइएको बताएको छ ।

महाशाखाले भनेको छ, ‘प्रारम्भिक रूपमा यस बाढी वर्षाको कारण उत्पन्न भएको देखिँदैन । भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू र नदी तटीय क्षेत्रमा पनि थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन नदी जलाधारको तिब्बतको क्षेत्रमा बाढीको असर आकलनका लागि आज बिहान ९ बजे सेन्टिनेल एसिया प्लेटफममा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न इमरर्जेन्सी अब्जरभेसन रिक्वेस्ट जारी गरिएको छ ।’

रसुवा प्रहरीका अनुसार बाढीमा परेर नेपाल–चीन सीमा नाका रसुवागढीमा तीन प्रहरी र ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । यस्तै ९ जनाको उद्धार भएको छ ।

बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा भन्सार जाँचपासका लागि राखिएका केही गाडी समेत बाढीले बगाएको छ । मितेरी पुल बाढीले बगाएपछि अहिले नेपाल–चीन सम्पर्क पूर्णरुपमा टुटेको छ ।

प्रतिक्रिया दिनुहोस्