Logo
Logo

माल्टाको समुद्रमा डुबेर एक नेपाली युवाको मृत्यु


819
Shares

काठमाडौं । रोजगारीको सिलसिलामा माल्टा पुगेका एक नेपाली युवाको समुन्द्रमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्वका २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) रहेका छन् ।

गैरआवासीय नेपाली सङ्घ माल्टाका अध्यक्ष रेम्स खनालले मंगलबार बिहान १ स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा डुबेर एलिशको मृत्यु भएको जानकारी दिए ।

उनी विगत २० महिनादेखि माल्टामा कार्यरत थिए । खनालका अनुसार न्यौपानेको पार्थिव शरीर नेपाल ल्याउन आर्थिक सहयोग आवश्यक परेकाले सहयोग सङ्कलन सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्