Logo
Logo

राजेशपायल राईले गाए ‘जय ओशो’ (भजनसहित)


28.2k
Shares

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईलाई त्यतिकै ‘भर्सस्टायल गायक’ भनिएको होइन, उनी विभिन्न भाषा र प्रकारका गीत गाउँछन् । र, श्रोताले रुचाउँछन् पनि । त्यसैले त राजेशपायल राई सदावहादर लोकप्रिय छन् ।

यस्तै, हालै राजेशपायलले ओशो भजन पनि गाउन भ्याए । ‘राई इज किङ’का रुपमा प्रख्यात राजेशपायलले स्वामी सोमको संगीतमा ‘जय ओशो’ बोलको भजन गाएका हुन् । सम्भवतः यो नेपाली भाषामा गाइएको ओशोको प्रथम भजन हो । जुन भजन सुन्दा मन आनन्दित हुन्छ ।

नेपालमा ओशोभक्तहरु दिनदिनै बढिरहेका बेला राजेशपायलले गाएको यो नेपाली भाषाको भजन पक्कै पनि रुचाइने छ । यहाँ ओशोको बारेमा ब्याख्या गरिरहन जरुरी छैन, किनकि ओशोको बुद्धत्व र प्रज्ञा अनुपम छ । ओशोको दर्शनमा आजको मनुष्यको समस्यालाई हेर्ने र सुल्झाउने एक वैज्ञानिक दृष्टि छ । अधिकांश प्रवचनमा ओशोकै सुगन्ध आइरहेको हुन्छ ।

‘जय ओशो’ बोलको यस भजनलाई मा प्रेम पूर्णिमाले लेखेका हुन् । भजनका शब्द शब्दमा जीवन जिउनु र रमाउनुका आनन्दमय कल्पनाहरु केलाइएको छ । जसमा ‘राई इज किङ’को गायनले सुगन्ध भरेको छ ।

फणिन्द्र राईको संगीत संयोजन रहेको ‘जय ओशो’ भजनको मिक्सिङ सुमन खड्काले गरेका छन् । ओशोले भनेका छन्, ‘विज्ञान र प्रविधिले यस पृथ्वीलाई एक ‘ग्लोबल भिलेज’ बनाइदिएको छ । अब रुग्ण राजनीति र पूर्वाग्रही धर्मान्धताले मात्रै मुनष्य विभाजित छ । सबै देश पृथ्वीमा विभिन्न राज्य समान हुनुपर्छ ।’

ओशोको उक्त भनाइजस्तै, नेपाली भाषामा ‘राई इज किङ’ले गाएको यो ‘जय ओशो’ बोलको भजनले पनि जीवन जिउनुमा आनन्द खोज्नेहरुलाई एउटा सुत्रमा बाँध्ने छ । आध्यात्मिक गुरु भएर यो धर्तीमा पहिलोपटक अनुशासित प्रेम र यौनको पक्षमा बोलेपछि चर्चामा आएका ओशो ।

प्रतिक्रिया दिनुहोस्