Logo
Logo

कलाकार प्रीति पासवानले अनाथ आश्रममा बालबालिकासँग मनाईन जन्मदिन


1.1k
Shares

काठमाडौं । लोकप्रिय कलाकार प्रीति पासवानले आफ्नो २४औं जन्मदिन अनाथ आश्रममा मनाएकी छन् । उनले आफ्नो परिवारसँगै अमृता अनाथ आश्रम बाराको सदरमुकाम कलैयामा गएर बालबालिकाहरूसँग समय बिताएकी हुन् ।

उनले बालबालिकाका लागि १३ हजार रुपैयाँ, खाद्य सामग्री जस्तै चामल, मिठाई, शैक्षिक सामग्री जस्तै पेन, कापी, सिसाकलम, इरेजर, कटर आदि हस्तान्तरण गरेकी छन् । साथै, आश्रमका बालबालिकालाई बिहानको खाजा र भोजनको व्यवस्था समेत गराइएको थियो ।

आफ्नो जन्मदिनमा पासवानले सामाजिक सेवामा सधैं सक्रिय रहने प्रतिबद्धता जनाईन । सामाजिक जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने मान्यता राख्दै आएको उनले आफूले जन्मदिनको खर्च कटौती गरी सामाजिक कार्यमा योगदान दिएको बताइन् ।

यसै अवसरमा उनले अनाथ बालबालिकासँग नृत्य समेत गरिन् । उनले भेनिन्, ‘जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक सेवामा लगानी गर्न राम्रो हुन्छ । यसरी उनले परम्परागत फजुल खर्च बिर्सेर समाजसेवामा रुचि देखाउनु राम्रो उदाहरण हो ।’

प्रतिक्रिया दिनुहोस्