काठमाडौँ । आफ्ना ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीमा अझ नजिक ल्याउने लक्ष्यसहित डिशहोमले ल्यानिज हबसँग सहकार्य गर्दै विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५० प्रतिशत सम्मको भारी छुट ल्याएको छ । अब ग्राहकहरूले डिशहोमका सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरूअर्धमूल्यमा प्राप्त गर्न सक्नेछन् ।

यो विशेष छुट पाउनको लागि, ग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा ३/६/१२/२४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ । त्यसपछि उनीहरूले ५० प्रतिशत छुटमा हाई फ्युचर का स्मार्ट ग्याजेटहरू अनलक खरिद गर्न सक्नेछन् ।
यस योजनामा समावेश गरिएका ग्याजेटहरू यस्ता छन् :
सोनिक एयर एयरबडस् अब केवल रु. १,७४९ (बजार खुद्रा मूल्यस् रु. ३,४९९)
जोन २ स्मार्टवाचस् अब केवल रु. २,७४९ (बजार खुद्रा मूल्यस् रु. ५,४९९)
भोकल स्पिकरस् अब केवल रु. ४,४९९ (बजार खुद्रा मूल्यस् रु. ८,९९९)
डिशहोमले ग्राहकको दैनिक जीवनशैलीलाई स्मार्ट र सजिलो बनाउन प्रिमियम एक्सेसोरीहरू पनि ल्याउँदै आएको छ । यो अफर आजैदेखि लागू भएको छ। इच्छुक ग्राहकहरूले डिशहोमको वेबसाइट मार्फत सजिलै यी प्रोडक्टहरू खरिद गर्न सक्नेछन् ।
यो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि लागू हुने छ, जसले डिशहोम अनुभवलाई अझ समृद्ध बनाउनेछ ।
यससँगै, सबै हाई फ्युचर उत्पादनहरूमा अतिरिक्त १५ प्रतिशत छुट पाउनको लागि प्रोमो कोड”CHILLFI15″प्रयोग गर्नुपर्ने छ ।











