काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले केन्द्रीय कार्यालय च्यासल पुगेकी छन् । आइतबार अपराह्न साढे तीन बजे भण्डारी च्यासल आइपुगेकी हुन् ।

सुरक्षाबाहेक सेवा सुविधा त्याग गरेर पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा सक्रिय हुने तयारीमा छिन्। तर पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा ल्याउन हुन्छ कि हुँदैन भनेर एमालेले संस्थागत निर्णय नै गर्ने तयारी गरेको छ।
एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा ल्याउन नहुने बताइरहेका छन् भने केही नेताकार्यकर्ताहरूले भण्डारीलाई पार्टी राजनीतिमा ल्याउनुपर्ने मत राखिरहेका छन्।
एमालेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भइनसकेको एमालेले जनाएको छ।
च्यासलमा पार्टी कार्यालय सरेपछि भण्डारी पहिलो पटक आज कार्यालय पुगेकी हुन्। उनी दुई कार्यकाल राष्ट्रपति बनेकी थिइन्।














