सन १९१७ को रूसी अक्टुबर क्रान्तिको इतिहास सत्ता कब्जा गर्ने विजयको कथामा मात्र सिमित छैन, तत्पश्चात पार्टीभित्रै उत्पन्न भएको शक्ति संघर्षको जटिल माहागाथा पनि छ । यस संघर्षको केन्द्रमा थिए दुई प्रखर र बैचारिक व्यक्तित्वहरु जोसेफ स्टालिन र लियोनल ट्राट्स्की । दुवैजना बोल्शेविक क्रान्तिका मुख्य अभियन्ता भएपनि क्रान्तिपछि उनीहरूबीच वैचारिक, रणनीतिक र व्यक्तिगत स्तरमा गहिरो द्वन्द्व विकास भयो । यस्ता प्रकृतिका बैचारिक द्वन्द्वले अर्को फरक मतलाई निषेध गर्दै निर्वासित हुन बाध्य बनाइएको इतिहासको अध्यन नेपाली बामपन्थीहरुले गरेकै हुनुपर्छ ।

संघर्षको पृष्ठभूमि
१९१७ को अक्टोबर क्रान्ति सफलतापछि बोल्शेविक पार्टी रूसको सत्तामा पुग्यो । लेनिनले नेतृत्व सम्हालुन्जेल प्रारम्भिक वर्षहरुमा पार्टीभित्र सहकार्य र साझा लक्ष्यको भावना बिकसित हुँदै थियो । जब, १९२४ मा लेनिनको मृत्यु भयो तब पार्टी नेतृत्वमा अबिभावकिय रिक्तता सिर्जना भयो । लेनिनको जीवनकालमै स्टालिन र ट्राट्स्कीबीच मतभेद देखा परिसकेका थिए । लेनिनले आफ्नो मित्यु हुनुअगाडि आफ्नो वसियतनामा उल्लेख गरेका थिए । स्टालिनको कठोर स्वभावको आलोचना गर्दै उनलाई महासचिव पदबाट हटाउन सुझाव दिएका थिए भने ट्राट्स्कीलाई ‘सबैभन्दा पसक्षम व्यक्तित्व’ भनेका थिए । तर, त्यो वसीयतनामा गुप्त राखियो र पार्टी नेतृत्वमा शक्ति सन्तुलनको खेल सुरु भयो ।
ट्राट्स्कीको दृष्टि : स्थायी क्रान्ति
ट्राट्स्की एक असाधारण सिद्धान्तकार थिए । उनले ‘स्थायी क्रान्ति’को अवधारणा अघि सारेका थिए । उनका अनुसार रूसी क्रान्ति केवल राष्ट्रिय स्तरमा मात्र सीमित भएर टिक्न सक्दैन, बरु यसलाई विश्वव्यापी समाजवादी क्रान्तिमा रूपान्तरण गर्नु आवश्यक छ । उनले क्रान्तिको भविष्य जर्मनी, फ्रान्स र युरोपका अन्य देशमा क्रान्तिको विस्तारसँग जोडेर हेरे । उनको दुरदर्सिता विशाल थियो ।
यस दृष्टिकोणमा उनले तत्कालीन सोभियत राज्यलाई अस्थायी र संक्रमणकालीन चरणको रूपमा लिए । उनको धारणा थियो । यदि समाज बादी क्रान्ति एउटा मुलुकमा मात्र सीमित रह्यो भने, पश्चिमी पूँजीवादी शक्तिहरूको घेराबन्दीले सोभियत शासनलाई दीर्घकालीन रूपमा टिकाउन सकिँदैन । त्यतिबेलै उनले आफ्नो दुरदर्सिता प्रस्तुत गरेका थिए ।
स्टालिनको दृष्टि : आफ्नो देशमा मात्र समाजवाद
स्टालिनले आफुलाई अब्बल देखाउनका लागि पनि ट्राटस्किको ठिक विपरीत ‘एक देशमा मात्र समाजवाद’को सिद्धान्त अघि सारे । उनका अनुसार, अन्तर्राष्ट्रिय क्रान्तिको प्रतीक्षा गर्नु त्यति व्यवहारि देखिन्न । त्यसैले, सोभियत संघले आफ्नै भौगोलिक सीमाभित्र समाजवादी संरचना निर्माण गर्दै स्वावलम्बी बन्नुपर्ने धारणा अघि सारे । तदनुरुप स्टालिनको विचारले पार्टीभित्र व्यापक समर्थन पायो । त्यतिबेला रूस लामो गृहयुद्ध र आर्थिक संकटबाट अत्यन्तै थकित थियो । जनतालाई तत्काल स्थिरता र पुनर्निर्माण चाहिएको थियो, जसलाई स्टालिनको नीति व्यवहारिक देखिन्थ्यो । ट्राट्स्कीको स्थायी क्रान्ति तत्कालीन यथार्थमा धेरै जोखिमपूर्ण र आदर्शवादी ठहरियो । त्यहि बेलादेखि ट्राटस्की बोल्सेबिक पार्टिको केन्द्रीय कमिटिमा अल्पमतमा पर्दै गए ।
शक्ति संघर्षको प्राररूप
फलस्वरुप लेनिन अस्वस्थ्य भएपछि स्टालिन पार्टीको महासचिवमा चयन भए । माहसचिबको पद हत्याइसकेपछि उनले पार्टी संगठनलाई आफ्नो प्रभावमा लिए । उनले पार्टी संरचनामा आफ्ना सिनियर बिरोधीहरुलाई पाखा लगाउँदै जुनियर समर्थकहरूलाई नियुक्त गर्दै बिस्तारै ट्राट्स्कीलाई अलग्याउने काम गरे । ट्राटस्की रसियन लालसेनाहरुलाई बिश्वकै उत्कृष्ट सेना कसरी बनाउन सकिन्छ भनेर अहोरात्र खटे । लेनिनले नै उनलाई सैन्य बिभागको प्रमुख बनाएका थिए र उनी लोकप्रिय वक्ता पनि थिए । उनी सैन्य बिभागमा तल्लिन हुँदै गर्दा पार्टी कमिटीतर्फ त्यति ध्यान दिन भ्याएनन । त्यही बखत स्टालिनले चलाखिपुर्ण तरिकाले पार्टीभित्र आफ्नो गुट निर्माण गर्न भ्याए ।
उसैबेलादेखि ट्राटस्कीको पार्टी संगठनमा प्रभाव कमजोर हुँदै गयो । केन्द्रीय कमिटिको बैठकमा ट्राटस्कीले राखेका धारण हरु स्टालिनको लागि फलामे चिउरा साबित हुन पुग्यो । तर उनी ट्राटष्की त्यतिबेला सम्ममा अल्पमतमा परिसकेका थिए । ट्राटस्कीको शैद्धान्तिक आलोचनालाई स्टालिनले ‘पार्टीविरोधी गुटवाद’ ठहराउँदै उनलाई क्रमशः राष्ट्रद्रोहिको आरोप लगाउँदै पार्टीबाट गलहत्याउँदै ट्राट्स्कीलाई युद्धमन्त्री पदबाट समेत हटाइयो ।
१९२७ सम्म आइपुग्दा उनलाई पार्टीबाटै निष्कासन गरियो । अन्ततः १९२९ मा ट्राट्स्कीलाई सोभियत संघबाट निर्वासन पठाइयो । आफँैले नेतृत्व गरेर हुर्काएको पार्टी आफ्नो जीवन जवानिखर्चियको पार्टी बाट र पार्टीले नेतृत्व गरेको सरकारको निर्देशनमा रुँदै आफ्नो देश रुस छोड्न बाध्य बनाइयो । इटालीले शरण नदिएपछि उनी उत्तर अमेरिकास्थित मेक्सिको सिटीमा निर्वासित जीवन बिताइरहेका थिए ।
वैचारिक र व्यक्तिगत आयाम
यो संघर्ष केवल नीतिगत मतभेद मात्र थिएन, व्यक्तिगत प्रतिस्पर्धा र चरित्रको टकराव पनि थियो । ट्राट्स्की बौद्धिक रूपमा तेजस्वी र तार्किक तर अहंकारी र व्यवहारमा केही कठोर पनि थिए भन्ने आरोप लाग्थ्यो । स्टालिन अर्कोतर्फ, रणनीतिक, धैर्यवान् र संगठित शक्ति खेलाडी हुन् भनेर प्रशंसकहरुको भिड बढाइएको थियो र गुंणगान गाउन र भन्न बाध्य बनाइन्थ्यो । स्टालिन पक्षधर यहि रटानमा थिए ।
लेनिन बितेको छैटौं बर्षसम्ममा आफ्ना सबै बैचारिक प्रमुख प्रतिद्वन्द्वीहरूलाई पार्टी शुद्धीकरणमार्फत पार्टीबाट निकालिसकेका थिए । उता, ट्राट्स्की निर्वासनमा रहँदै स्टालिनवादको घोर आलोचना गर्दै किताबहरु लेख्न थाले । उनका ग्रन्थ ‘द हिस्ट्री अफ द रशियन रेवोल्युशन’ र ‘स्टालिन’ स्टालिनको नीति र अधिनायकवादविरुद्ध आन्तरिक लोकतन्त्रको आवाजलाई प्रखर ढंगबाट संसारभर फैलाउँदै थिए । बौद्धिक हल्ला र प्रचारले स्टालिनका लागि ट्राट्स्की अझै खतरनाक लाग्न थाल्यो । अन्ततः १९४० मा मेक्सिकोमा स्टालिनका एजेन्टले ट्राट्स्कीको हत्या गरे । यसले यो आन्तरिक लोकतान्त्रिक संघर्षलाई पूर्ण विराम लगायो। र संसारको एक्लो कम्युनिष्ट नेता बने स्टालिन ।
स्टालिन र ट्राट्स्की बिचको आन्तरिक संघर्ष रूसी क्रान्तिको दिशानिर्धारण गर्ने निर्णायक मोड थियो । यदि, ट्राट्स्कीको स्थायी क्रान्तिको दृष्टि सफल हुन्थ्यो भने आज सोभियत संघ अन्तर्राष्ट्रिय स्तरमा फरकस्वरूप लिन र आधी बिश्वको मालिक बन्न सक्थ्यो । तर, स्टालिनको ‘एक देशमा समाजवाद’ नीति सोभियत संघलाई दीर्घकालीन स्थायित्व दिलाउन सकेन । यद्यपि, यसले अधिनायकवाद र पार्टीभित्र लोकतान्त्रिक परम्पराको अन्त्य पनि गरायो । फलस्वरूप आज काहाँ छ स्वभियत संघ ? खोज्दा भेटिएला त ?
स्टालिन–ट्राट्स्की अन्तरसंघर्ष केवल दुई व्यक्तिको शक्ति खेलमात्र थिएन; यो क्रान्तिको दिशा, समाजवादको स्वरूप र सोभियत संघको भविष्यबारेको गहिरो बहस पनि थियो । ट्राट्स्कीको आदर्शवादी अन्तर्राष्ट्रिय दृष्टि र स्टालिनको व्यवहारिक तर कठोर, राष्ट्रिय रणनीतिको टकरावले रूसी इतिहासलाई मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनलाई नै पुनःपरिभाषित ग¥यो । यस संघर्षको परिणामस्वरूप स्टालिन विजयी भए, तर ट्राट्स्कीका विचार र आलोचनाले अझै पनि अधिनायकवाद विरुद्धको बहसमा आन्तरिक लोकतन्त्रको गहिरो सान्दर्भिकता बोकेको पाइन्छ ।
तर, वर्तमान नेपालमा आन्तरिक लोकतन्त्रको बैचारिक आँगनमा बसेर बिचारको बहस गर्न पाउने कि नपाउने ? अनि अनावश्यक ढंगबाट स्टालिन बन्ने ओठे रहरले के स्टालिन बन्न सकिएला त ? स्टालिन त राज्य सन्चालनमा कोहि कसैले भ्रष्टचार भएको ठहर भएमा भ्रष्टचारीलाइ मृत्यु दण्ड दिन्थे । यहाँ त हँसिया हथौंडाको ब्यानर र झण्डा मुनि बसेर भ्रष्टचारीलाई काखमा राखेर गालामा म्वाई खाने चलन छ । अनि शुसासन र कम्युनिस्ट पार्टीको डिङ हाँकिन्छ । अनि निमुखा नेपाली जनताले पत्याइदिनुपर्नी ? माक्र्सबादको बैज्ञानिक सिद्धान्तलाई अक्षरस पालन गर्ने चीन कहाँ पुग्यो ? अनि माक्र्सबादि सिद्धान्तलाई झोलामा राखेर आफू र आफ्ना इर्द गिर्दहरुको पक्षपोषण गर्नेहरुले नेपाललाई कहाँ पु¥याउदैछन् ?
सिँगो मुलुक भ्रष्टाचारको आहालमा छ । यो दुर्गन्धित फोहोर र आहालबाट मुलुकलाई कसरी जोगाउन सकिन्छ ? यदि साँच्चिकै स्टालिन बन्ने रहर छ भने आजैको मितिबाट चुनावलाई बहिस्कार गरि एकदलीय शासन ब्यबस्था लागू गर्दै शुशासन कायम गर्न गराउन सकिन्छ ? संबिधान परिवर्तन गर्न सकिन्छ ? यो सम्भवना छ त ? होइन, भने दुईदिने बैशाखी फु गर्दा फुत्तै उड्ने सरकारको नेपाली जनताले के भरोसा र बिश्वास गर्नु ?
सरकारको दिनानुदिन प्रचारमा राष्ट्रबादी नेतृत्व सहितको सरकार भनेको सुनिन्छ । के को राष्ट्रबाद, उत्तर कोरिया, भियतनाम, क्युवाको जस्तो राष्ट्रबाद पो राष्ट्रबाद एउटो सियो, उत्पादन गर्न नसक्ने राष्ट्रमा छिमेकी राष्ट्रले असहयोग गरेको खण्डमा पाइलो उचाल्न नसक्ने देशका नेताको राष्ट्रबाद त देखावटीबाहेक अरु केही हुन सक्छर ? तैपनि लोकतन्त्रको परिभाषाअन्तर्गत आफू ‘धुरन्धर राष्ट्रबादी हुँ’ भन्दै हुँकार गर्ने छुटचाहिँ छ है नेपालमा ।
मैले यहाँ बिचारको प्रसंग जोड्न खोजेको हुँ । सोभियत संघ रुसमा सन् १९१७ को अक्टोबर क्रान्तिपश्चात् बोल्शेविक पार्टीले राज्य संचालनको विधिको बामे सर्न पाउँदा नपाउँदै उत्पन्न आन्तरिक लोकतन्त्रको कारण अन्तिमसम्म नेतृत्वको अकर्मण्यताका कारणले नै रुस जसरी सोभियत संघ बन्यो । त्यसरी नै टुक्राटुक्रा भयो । कारण नेतृत्वको एकांकिपन जनचाहना एकातिर, नेतृत्व अर्कातिर ।
हो, अब यसैगरि नेपालमा प्रधानमन्त्री निवास बालुवाटारमा केही समयअघि सत्तरुढ दलका नेताहरुको भेटघाटमा कांग्रेस सभापति शेरबहादुर दाइले बोलेको कुरा बाहिर आयो । कुनैपनि हालतमा पुर्वराष्ट्रपति बिद्या भण्डारीलाई दलको सक्रिय राजनीतीमा आउन रोक्नुपर्छ भन्दै नेकपा एमालेका पार्टी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीलाई निर्देशन भयो । प्रधानमन्त्रीले देउवाले अह्राएको काम ह्स्र्व, दीर्घ, कमा, फुलिस्टप पनि नबिराई सत्ता साझेदार दल अथवा गठबन्धन भन्दा अगाडि नेकपा एमालेले भन्दैआएको बर्गिय दुश्मनले दिएको निर्देशनलाई शिरोधार्य गर्नुभो ।
बिसौं बर्षदेखि आफँैले अगुवाइ गरेको आन्तरिक लोकतन्त्रको घाँटी निमोठ्दै स्टालिनबादी शैलीमा बिद्यालाई पार्टी प्रबेशमा रोक लगाउँदै जबर्जस्ती बहुमत सदस्यहरुको आडमा माईन्युट्ली निर्णय गराएर बालुवाटार हुईँकिनुभो । त्यहिबाट शेरबहादुर दाइलाई काम फत्य भएको जानकारी गराउनुभो ।
आफुले खाईपाई आएको राजपाठमा धक्का लागाउनेलाइ बहादुरीका साथ पुर्ण निषेध गर्न सफल भएको कुरो संचार माध्यमद्वारा सुन्न पाइयो । यतिसम्मकी बिद्याजीले २०३७ सालमा प्राप्त गरेको संगठित सदस्य नं ( ६४१ या ६४४ ) पार्टीको संगठन बिभागको वेवसाइटबाट समेत नामेट गरिएको छ । धन्य हो, डर कतिसम्म रहेछ त ? क. बिद्या भण्डारीसँग पार्टी अध्यक्ष तथा सम्मानीय प्रधानमन्त्रीज्युलाई हामी पनि छ्याङ्ग भयौँ । बाहिर केही थान कामरेडहरु ताली ठोक्दैछन ।
बिद्या भण्डारी भन्दा त कांग्रेस सभापति सेरबहादुर दाइ धेरै नजिकैका हुन् नि । उनीबाट लोकतन्त्रको रक्षा हुन्छ । बिद्या भण्डारीबाट लोकतन्त्रलाई नै खतरा छ । आज मदन भण्डारीको परिवारलाई बाहिर राखेर नेकपा एमाले चलाउने ? वाह, क्या गजबको लोकतन्त्र ।
-लेखक नेकपा एमाले सर्लाही जिल्ला कमिटी पुर्वउपसचिव हुन् ।











