Logo
Logo

कांग्रेस महाधिवेशन २०८३ को मङ्सिरअघि हुन्छ : कृष्णप्रसाद सिटौला


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरसम्म भइसक्ने बताएका छन्  । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिटौलाले ४ वर्षे कार्यकाल आगामी मङ्सिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताए ।

The current image has no alternative text. The file name is: krishnaprasad-sitaula.jpg

सिटौलाले कांग्रेस महाधिवेशन चार वर्षमा कहिल्यै नभएको भन्दै २०८३ को दसैँको सेरोफेरोमा हुने बताए । उनले भने, ‘कांग्रेसको महाधिवेशन आजसम्म चार वर्षमा कहिल्यै भएको छैन । चार वर्षको कार्यकाल हो, एक वर्ष म्याद थप्न पाइन्छ ।’

साथै उनले कांग्रेसमा अहिलेसम्म क्रियाशील सदस्य नवीकरण नटुंगिएको जानकारी दिए ।  क्रियाशील सदस्य नवीकरण असोज मसान्तमा टुंग्याउने भएपछि मङ्सिरमा महाधिवेशन सम्भव नरहेको बताए । सिटौलाले महाधिवेशन २०८३ को मंसिरभन्दा पछाडि भने लैजान नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्