Logo
Logo

ट्राफिक र नेपाल प्रहरीलाई ओभरलोड नियन्त्रणमा कडाइ गर्न माग 


1.5k
Shares

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले सवारी साधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ ।

The current image has no alternative text. The file name is: parari.gif

महासङ्घका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रहरी महानिरीक्षक दिपक थापासँग भेट गर्दै ज्ञापनपत्र बुझाएको हो । महासङ्घका महासचिव राजेन्द्र बिक्रम बाँनियाँका अनुसार सवारी तथा यातायातसम्बन्धी ऐन, नियम र ‘मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४’ को प्रभावकारी कार्यान्वयन हुन नसक्दा ओभरलोड प्रवृत्ति बढिरहेको छ । ‘स्वदेशी तथा विदेशी ट्रकहरूले लोड सिट विना तोकिएकोभन्दा बढी भार बोक्ने, र सामान्य जरिवाना तिरेर सवारी सञ्चालन गर्ने प्रवृत्तिले कानुनको सम्मान हुँदैन,’ बाँनियाँले भने ।

ज्ञापनपत्रमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहे पनि न्यून जरिवानाका कारण समस्या समाधान नभएको उल्लेखे छ । महासङ्घले ओभरलोड गर्ने ट्रकलाई यातायात कार्यालयमा चलान गर्न वा निर्देशिकाअनुसार सामान अनलोड गराई भार मिलान गर्न कडाइका साथ व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासङ्घले हालै सञ्चालनमा ल्याएको ‘भारवहन नियमन सफ्टवेयर’ लाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीको सहकार्य आवश्यक रहेको जनाएको छ ।

भेटमा प्रहरी महानिरीक्षक थापाले ओभरलोड समस्या गम्भीर भएको स्वीकार गर्दै यस विषयमा आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र कानुनअनुसार बनाउने हाम्रो लक्ष्य हो । महासङ्घको चासो जायज छ, ट्राफिक प्रहरीलाई आवश्यक निर्देशन दिइनेछ ।’ महासङ्घले प्रहरी महानिरीक्षकमार्फत सातै प्रदेशका प्रहरी प्रमुख तथा ट्राफिक प्रहरीलाई निर्देशन दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्