Logo
Logo

गोसाइँकुण्डमा बेपत्ता दाजुभाइ मृत फेला


756
Shares

विराटनगर । रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन् । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए ।

फाइल फोटो

उनीहरू दाजुभाइ (मामा–फुपुका छोराहरू) हुन् । सोमबार बिहान १० बजे मृत अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएका दाजुभाइको शव काठमाडौं ल्याउने प्रयास भइरहेको मृतकका दाजु विवेक मिश्रले जानकारी दिए ।

मनोज काठमाडौं बस्दै आएका थिए । उनी केही दिनअघि मात्र विराटनगरस्थित घरमा बस्दै आएका सुजन काठमाडौं गएका थिए । काठमाडौंबाट साथीभाइसँग उनीहरू १० साउनमा गोसाइँकुण्ड गएका थिए । आइतबार गोसाइँकुण्डमा स्थान गर्ने क्रममा दुवै बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्