Logo
Logo

संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा जनमत सहभागी नहुने


1.2k
Shares

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा जनमत पार्टी सहभागी नहुने भएको छ । जसपा नेपालले सोमबार सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा अपराह्न ४ बजे बोलाएको बैठकमा जनमत अनुपस्थित रहने जनमतका प्रवक्ता डा.शरदसिंह यादवले बताए । 

The current image has no alternative text. The file name is: ck-raut1.jpg

मधेश केन्द्रित सात दलको मोर्चाले आलोपालो बैठक आह्वान गर्दै आएको छ । आजको बैठकमा मोर्चाको कार्यक्रम, अन्य दलहरूसँग सहकार्यलगायतका एजेण्डा छन् । 

जसपा नेपालप्रति जनमतको असन्तुष्टि र रुपन्देही-३ उपनिर्वाचनका कारण जनमत बैठकमा सहभागी नहुने भएको हो । मोर्चामा जनमत, जसपा नेपाल, नाउपा, राष्ट्रिय मुक्ति पार्टी, लोसपा, जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी छन् ।

प्रतिक्रिया दिनुहोस्