Logo
Logo

साउनको दोस्रो सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड


189
Shares

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ ।

The current image has no alternative text. The file name is: pasupati-1.gif

यसरी पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

हरियो, पहेँलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिँडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्