Logo
Logo

बागमतीमा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन 


1.4k
Shares

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ ।

The current image has no alternative text. The file name is: bahadur-indra-baniya.jpg

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा मङ्गलवार बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहने गरी निर्वाचन समिति गठन गरिएको छ ।

निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने छ ।

मङ्गलवार मुख्यमन्त्री समेत रहेका दलका नेता बहादुरसिंह लामाविरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि पक्षरविपक्षमा मतदानको क्रममा लामाले दलको नेताको हैसियत गुमाएका हुन् । मत विभाजनका क्रममा लामाको पक्षमा जम्मा १५ मत परेको थियो भने उनको विपक्षमा २२ मते परेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्