Logo
Logo

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल


315
Shares

काठमाडौं ।  गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित भएका छन् । 

The current image has no alternative text. The file name is: russa-1.gif

मस्कोमा सम्पन्न १२औँ साधारणसभाबाट उनी  निर्वाचित भएका हुन् ।  खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै पूरा  गरेपछि सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा रुसको राजधानी मस्को जनाएको थियो ।  
  
विद्यार्थीकालमा उनले नेपाली विद्यार्थी सङ्घको अध्यक्ष भएर काम गरिसकेका छन् । उनी दुई कार्यकाल रुसमा एनआरएनए युवा संयोजक (२०१९–२०२३) भए भने निवर्तमान कार्यसमितिमा महासचिव (२०२३–२०२५) थिए ।  
 
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमित कुमार कर्ण र  डा प्रनिल प्रधान, महासचिवमा प्रवीण खतिवडा चयन भए । यस्तै, युवा संयोजकमा गिभ्सन ढकाल, सचिवमा  खगेन्द्र धामी र दयानिधि गुरागाईं, कोषाध्यक्षमा रामबाबु पाण्डे र सह–कोषाध्यक्षमा यमबहादुर थापा निर्वाचित भएका छन् ।  

महिला संयोजकमा श्रीमती हेमाकुमारी ‘कला’ पोखरेल निर्वाचित भएकी निर्वाचन समितिले जनाएको छ । कार्यसमिति सदस्यमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, विनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल निर्वाचित भएकी छन् ।  यस पटक रुसबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा डा मनामूर्ति भुर्तेल निर्वाचित भएकी छन् । 

प्रतिक्रिया दिनुहोस्