Logo
Logo

सिरहामा ७५ वर्षीय वृद्धको हत्या


315
Shares

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोकमा एक वृद्धको हत्या भएको छ । गएराति सुतेकै ठाउँमा धातिलो हतियार प्रयोग गरि ७५ वर्षीय अनिल लाल यादवको हत्या गरिएको हो ।

हतियार प्रहारबाट घाइते भएका यादवको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000