काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले सोधेको स्पष्टीकरण दिएकी छैनन् । आइतबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई २४ घण्टाभित्र जवाफ दिनेगरी स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर, अध्यक्ष श्रेष्ठले स्वास्थ्यको कारण देखाएर कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बाँस्तोलालाई तोकेकी थिइन् । अध्यक्ष श्रेष्ठको निर्णयले पार्टीभित्र विवाद उत्पन्न भएको छ । श्रेष्ठलाई स्पष्टीकर्णका लागि उपलब्ध गराइएको समयावधि मंगलबार सकिएको छ । तोकिएको समयमा श्रेष्ठले स्पष्टीकरण नदिएको अनुशासन समितिले जनाएको छ ।
पार्टीभित्र विवादित बनेकी श्रेष्ठबारे आवश्यक निर्णय लिन नाउपाले राष्ट्रिय भेला बोलाएको छ । आज बस्ने राष्ट्रिय भेलाले श्रेष्ठलाई कारबाहीका लागि अनुशासन समितिले गरेको निर्णयलाई अनुमोदन गर्ने भएको छ ।














