Logo
Logo

रास्वपा संसदीय दलको बैठक भैरहवामा जारी


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ । भैरहवास्थित होटल रमादामा केहि बेरअघि बैठक सुरु भएको हो ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले उठाएका भिजिट भिसा प्रकरण लगायत मुद्दा, त्यसमा सरकारले विपक्षीको माग सम्बोधन नगरी संख्याको आधारमा जबरजस्ती संसद चलाएको, संसदमा पेश भएका विभिन्न विधेयक, भ्रष्टाचारका मुद्दामा पार्टीले लिएका अडान आदि विषयमा समीक्षा गरी आगामी रणनीति तय गर्ने छ ।

बैठक अस्नुअघि उनीहरुले सहकारी ठगी आरोपमा जिल्ला कारागार भैरहवामा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेटेका छन् ।

प्रतिक्रिया दिनुहोस्