Logo
Logo

१२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी 


693
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनिक हुनुपर्ने भए पनि गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिन जति ढिलाइ हुने भएको हो ।

The current image has no alternative text. The file name is: rastiya-parckchhya-bord.gif

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाल अनुसार परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ हुने भएको हो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्