Logo
Logo

इमरान खानको पार्टीका एक सय ८ जनालाई जेल सजाय


945
Shares

  
काठमाडौं । पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका एक सय ८ सदस्यलाई जेल सजाय सुनाएको छ । उनीहरूलाई सन् २०२३ मा सेना विरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप लगाइएको छ ।

The current image has no alternative text. The file name is: Imran-khan.gif

मे २०२३ मा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेको थियो ।  जसको विरुद्धमा पाकिस्तानमा हिंसात्मक विरोध प्रदर्शनहरू भएका थिए । 

बिहीबार आएको यो निर्णयलाई इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को लागि ठूलो झट्का मानिएको छ । सजाय सुनाइएकाहरूमा पाकिस्तानको राष्ट्रिय सभाका विपक्षी नेता उमर अयुब खान पनि छन्, जसलाई १० वर्षको जेल सजाय सुनाइएको थियो ।

आतङ्कवाद विरोधी अदालतको निर्णयको विपक्षी नेताहरूले निन्दा गरेका छन् । यस निर्णयमा पीटीआईका छ जना सांसदलाई पनि अयोग्य घोषित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्