Logo
Logo

राज्यले प्राथमिकता नदिएसम्म विपद्जन्य क्षति न्यूनिकरण प्रभावकारी हुँदैन : आईजीपी


693
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनिकरण प्रभावकारी बन्न नसक्ने बताएका छन् ।

शुक्रवार सशस्त्रले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं छलफलमा उनले सरकारले विपद्सम्बन्धी विषयलाई प्राथमिकतामा नराखेसम्म क्षति न्यूनिकरण गर्न नसकिने बताए ।

संविधानको रक्षा, मौलिक हकको रक्षा र मानव अधिकारको रक्षा गर्न पनि विपद् न्यूनिकरणको विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । अर्यालले नेपालमा वार्षिक रूपमा सबैभन्दा बढी मृत्यु विपद्जन्य घटनाबाट हुने गरेको उल्लेख गर्दै यसलाई गम्भीरताका साथ लिन आग्रह गरे । विपद् न्युनिकरणको विषय राज्यको प्राथमिकतामा पर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्